२०८१ पौष २७, शनिवार , ०२:३४:२४ बजे

Sajhamanch
'

हल्दिबारीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु

बुधवार, साउन ३०, २०८१

हल्दिबारी। झापाको हल्दिबारीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी ४ लक्ष्मीचोक पश्चिम निवासी अन्दाजी ३० वर्षीय नरेश मोक्तान रहेको प्रहरीले जनाएको छ ।

मोक्तान मंगलबार बेलुकी ५ बजेको समयमा चुडालचोक पूर्व बाटो छेउको नाली जमेको पानीमा करेन्ट लगाई माछा मार्न गएका थिए । सोही क्रममा उनी करेन्ट लागेर घाइते भएका थिए ।

करेन्ट लागेका उनलाई डुबेको अवस्थामा उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको थियो । अस्पताल पुर्‍याउन साथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

घटनापछि जलथल प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय झापाको टोली अनुसन्धानका लागि पुगेको पूर्व वडाध्यक्ष होम चुडालले जानकारी दिए ।

सम्बन्धित खबर