भद्रपुर । झापा भद्रपुरका एक युवक आठ दिनदेखि परिवारबाट सम्पर्क विहीन भएका छन् । भद्रपुर नगरपालिका-१० स्थित चन्द्रगढीको केन्द्रमोड निवासी टीकाराम सिवाकोटीका २० वर्षीय छोरा सृजन सिवाकोटी सम्पर्क विहीन भएको परिवारले सार्वजनिक गरेका छन् ।
सिवाकोटी परिवारले सामाजिक सञ्जाल फेसबुक मार्फत गत साउन २२ गते मगलबार बिहान ११ बजेको समयमा चन्द्रगढी बजार जान्छु भनी घरबाट हिँडेको र अहिलेसम्म सम्पर्कमा नआएको बताइएको छ । बुबाले छोरा सृजन तिमी जहाँ भए पनि हामी प्रतीक्षा गरिरहेका छौ भनी लेखेका छन् ।
कहीँ कतै छोरालाई देख्नु भएमा नजिकको प्रहरी कार्यालय वा परिवारको मोबाइल नम्बर सम्पर्क गरिदिन परिवारजनले आग्रह समेत गरेका छन् ।