२०८१ माघ २६, शनिवार , ०३:१९:११ बजे

Sajhamanch
'

डेंगु फैलिन नदिन शिवसताक्षीमा सरोकारवालासँग अन्तरक्रिया

सोमवार, साउन २८, २०८१

शिवसताक्षी । झापाको शिवतसाक्षी नगरपालिकामा डेंगु रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रिया गरिएको छ ।

सहारा नेपालको संयोजनमा शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको डेंगु रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रियामा डेंगु रोग सम्बन्धी जनचेतना अभिवृद्धि, रोकथामका उपायहरू र समुदायस्तरमा गर्न सकिने प्रयासहरूका बारेमा छलफल भएको थियो ।

नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरपालिकाका महिला स्वास्थ्य स्वयम्सेविकासहित प्रतिनिधिहरूको सहभागिता थियो ।

अन्तरक्रियामा नगरप्रमुख मेगाहाङ्ग थोप्राले विगत वर्षभन्दा यसवर्ष सुरुमै डेंगु रोकबाट बच्न अभियान चलाइने बताए । झापामा एक जनाको डेंगुबाट मृत्यु भइसकेकोले हामीले छिट्टै अभियान चलाउन सके डेंगु नियन्त्रण गर्न सकिने उनको भनाई थियो ।

त्यस्तै नगर उपप्रमुख नरमाया कार्कीले समुदायमा गएर सबैले डेंगुले लार्भा पार्ने सम्भावित स्थानहरु पहिचान गरी नष्ट गर्नुपर्ने बताइन् । उनले यसमा नगरपालिका मात्र नभई समुदाय नै एक भएर लाग्ने हो भने डेंगु नियन्त्रण गर्न सहज हुने दावी गरिन् ।

अन्तरक्रियामा योजना शाखा प्रमुख प्रकाशचन्द्र चौधरीले डेंगु नियन्त्रण सम्बन्धी अनुभवसहित आफ्नो धाराणा राखेका थिए ।

अन्तरक्रियाको सहजीकरण स्वास्थ्य शाखाका कर्मचारी वर्षा राउतले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख हरि बिमलीले गरेका थिए ।

सम्बन्धित खबर