बिर्तामोड । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बिर्तामोडमा आज आयोजित रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन् ।
पूर्वाञ्चल क्यान्सर अस्पतालमा भएको रक्तदान कार्यक्रममा १२ जना महिलासहित ४८ जनाले रक्तदान गरेका हुन् ।
रगत अभावलाई मध्यनजर गर्दै आयोजना गरिएको रक्तदान कार्यक्रममा सञ्चारकर्मी नेत्रबिक्रम बिमलीले ११६औं पटक रक्तदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र झापाको प्राविधिक सहयोग रहेको कार्यक्रममा अस्पतालका कर्मचारी एवं त्यहाँ पुगेका सर्वसाधारणले रक्तदान गरेका हुन् ।