२०८१ पौष १२, शुक्रवार , ०७:२५:३१ बजे

Sajhamanch
'

कचनकवलबाट भारतीय नोट र कारसहित दुई भारतीय पक्राउ

सोमवार, साउन २८, २०८१

बिर्तामोड । झापाको कचनकवलमा सशस्त्र प्रहरीले स्रोत नखुलेको प्रतिबन्धित भारतीय नोटसहित दुईजना भारतीय नागरिकलाई कारसहित नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट केचनाको टोलीले आइतबार दिउँसो साढे ३ बजे किसनगञ्ज तात्पुवा ग्राम पञ्चायत ७ बेलायतीबारीका ३२ वर्षीय महोमद समिम अख्तर र तात्पुवा ग्राम पञ्चायत ८ कादोगाँउका ३६ वर्षीय परेशकुमार सिंहलाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीले भारतबाट नेपाल प्रवेश गरेका डब्लुबी ७४ बिएच १६४३ नम्बरको इनोभा कारलाई कचनकवल सीमा क्षेत्रमा रोकेर जाँच गरेका थिए ।

सशस्त्रले कारबाट प्रतिबन्धित भारतीय नोट २ लाख ४ हजार ५०० रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल, नम्बर २ गण हेडक्वार्टर झापाका डिएसपी तथा सूचना अधिकारी सुमन पोखरेलले जानकारी दिए ।

सशस्त्रले अख्तरको साथबाट ५०० दरको ३ सय थान र सिंहको साथबाट ५०० दरको १०९ थान भारतीय नोट भेट्टाएको थियो ।

नगद, तीन थान मोबाइल र कारसहित उनीहरुलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाइएको डिएसपी पोखरेलले जानकारी दिए ।

सम्बन्धित खबर