२०८१ पौष २६, शुक्रवार , १०:०८:४५ बजे

Sajhamanch
'

डिभिजन वन कार्यालय झापद्वारा एक करोड ३६ लाख राजवश्व संकलन

आइतवार, साउन २७, २०८१

झापा । डिभिजन वन कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/८१ मा रू. १ करोड ३६ लाख ४१ हजार ९७६ राजश्व संकलन गरेको छ ।

कार्यालयले निजी तथा सामुदायिक वनले काठ बिक्री गरेवापत कूल रू. १ करोड २४ लाख ३८ हजार ६४४ र प्रदेश सेवा शुल्क वापत रू. ११ लाख ७६ हजार ३३२ राजश्व संकलन गरेको हो ।

झापामा गत वर्ष आवमा निजी तथा सामुदायिक वनले विभिन्न जातका ४ लाख ५३ हजार ७५२ क्युविक फिट काठ बिक्री गरेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए।

जिल्लामा निजी वनतर्फ ३ लाख ११ हजार ८६७ क्युविक फिट र सामुदायिक वनतर्फ १ लाख ४१ हजार ८८५ क्युविक फिट काठ बिक्री भएको उनले बताए।

त्यस्तै, मुद्दा, बेवारिसे तथा सडकमा फेला परेका २ हजार ५७१ क्युविक फिट काठसमेत बिक्री गरिएको छ ।यस्तै, निजी वनबाट दाउरा एक हजार १४ चट्टा र सामुदायिक वनबाट तीन सय नौ चट्टा काठ बिक्री भएको छ ।

झापामा १८ हजार ६५ हेक्टर वन क्षेत्र रहेको छ । जसमा १५ हजार ८३१ दशमवल २४ हेक्टरमा ५९ वटा सामुदायिक वन रहेका छन् । दुई वटा कबुलियत वन (११३ दशमलव ६ हेक्टर), ४३७ वटा निजी वन (४१२ दशमलव ०८ हेक्टर), रतुवामाइ वृक्षरोपण आयोजना (२ हजार ८५३), एग्रो फरेष्ट्री प्रमोसन (९८ दशमलव ६) र स्काउट वन (१५ हेक्टर) रहेको कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर