२०८१ चैत २९, शुक्रवार , ०३:३०:०४ बजे

Sajhamanch
'

सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घट्यो

बुधवार, साउन २३, २०८१

काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ १ हजार ४०० रुपैयाँले घटेर तोलाको १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ ।

हिजो पनि सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँले घटेको थियो । अस्ति सोमवार तोलाको १ लाख ५० हजार रुपैयाँ पुग्दा सुनको भाउले रेकर्ड बनाएको थियो ।

आज चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको १ हजार ७१० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

बुधवार, साउन २३, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर