बिर्तामोड । प्रहरीले झापाको कनकाईबाट बिर्तामोडका दुईजनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड-२ बस्ने २३ वर्षीय भूपेन्द्रसिंह राजवंशी बिर्तामोड-१ बस्ने १९ वर्षीया आशिका नेम्वाङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हिजो साँझ साढे ६ बजे सेल्फीडाँडा जाने भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोलीले उनीहरुलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
उनीहरुमाथि शंका लागेर जाँच गर्दा आशिकाको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर प्लास्टिकसहित २ ग्राम ४० मिलिग्राम तथा प्लास्टिकबाहेक ५६० मिलिग्राम र भुपेन्द्रसिंहको साथबाट नगद २ हजार १०० भेटिएको थियो ।
दुवैजनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको झापाका प्रहरी प्रवक्ता डिएसपी कृष्ण चन्दले बताए ।