२०८१ कार्तिक १०, शनिवार , ०२:१०:३३ बजे

Sajhamanch
'

लालबकैया नदीमा डुबेका युवकको शव ४ किलोमिटर टाढा भेटियो

बुधवार, साउन २३, २०८१

रौतहट । रौतहटस्थित लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका युवकको शव ४ किलोमिटर टाढा भेटिएको छ ।

परोहा नगरपालिका–४ का १६ वर्षीय सचिनकुमार रायको शव घटनास्थलबाट ४ किलोमिटर टाढा सशस्त्र प्रहरीले मंगलबार साँझ फेला पारेको हो ।

गत आइतबार अपराह्न ४ बजे आफ्नै गाउँ छेउको लालबकैया नदीमा नुहाउने क्रममा सचिन डुबेर बेपत्ता भएका थिए ।

घटनाको खबर लगत्तै सशस्त्र प्रहरी बल ११ नम्बर हेडक्वाटर रौतहटबाट विपद् उद्धारका सामग्रीसहित गएको १० जनाको टोलीले लगातारको प्रयासपछि मंगलबार शव फेला पारेको सशस्त्रका एसपी विक्रम हुमागाईंले बताए ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सम्बन्धित खबर