२०८१ कार्तिक १०, शनिवार , १२:५३:५२ बजे

Sajhamanch
'

प्रधानमन्त्री ओली भारतसँगको फाइनल खेल हेर्ने जाने

बुधवार, साउन २३, २०८१

काठमाडौं । नेपाल र भारतबीच हुने काभा वुमन्स नेसन्स लिगको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी ओली जाने भएका छन् ।

उपाधिका लागि नेपालले बुधबार साँझ ५ बजे भारतसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा हुनेछ ।

नेपाल इरानसँग लिगचरणको बदला लिँदै फाइनलसम्म आइपुगेको हो भने भारतले श्रीलंकालाई हराएर फाइनलमा स्थान पक्का गरेको हो ।

सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमै उपाधि गुमाएको नेपाली टोलीलाई यो बदला लिने अवसर हो ।

लिग चरणमा भारतलाई पराजित गरेको नेपालको मनोबल उच्च छ ।

सम्बन्धित खबर