
ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ ।
कांग्रेस सचिवालय स्रोतका अनुसार बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने भएको हो । महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि बैठकमा छलफल हुने बताइएको छ ।
फागुनमा बसेको महासमिति बैठकले केन्द्रीय समितिले परिमार्जनसहित पारित गर्ने गरी निर्णय गरेको थियो ।