२०८१ मंसिर १४, शुक्रवार , ०२:३५:४९ बजे

Sajhamanch
'

सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले घट्यो

मङ्गलवार, साउन २२, २०८१

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँ रेकर्ड कायम भएको छापावाल सुन मंगलबार २ हजार ३०० रुपैयाँ घटेर १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४७ हजार रुपैयाँ कायम हुँदा चाँदी तोलामा १ हजार ७२५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७८५ रुपैयाँ कायम भएको थियो ।

मङ्गलवार, साउन २२, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर