२०८१ कार्तिक १०, शनिवार , ०२:५९:४७ बजे

Sajhamanch
'

पेरिस ओलम्पिक : स्पेन र फ्रान्स पुरुष फुटबलको स्वर्णका लागि भिड्दै

मङ्गलवार, साउन २२, २०८१

काठमाडौं । पेरिस ओलम्पिक–२०२४ अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि स्पेन र फ्रान्स भिड्ने भएका छन् ।

सोमबार राति भएको सेमिफाइनलमा जित हात पार्दै दुई टोली फाइनलमा पुगेका हुन् । स्पेनले पहिलो सेमिफाइनलमा मोरक्कोमाथि २–१ को पुनरागमन जित निकाल्यो ।

खेलको ३७ औं मिनेटमा साउफिएन राहिमीले पेनाल्टीमा गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । तर, पर्मिन लोपेजले उत्कृष्ट प्रदर्शनमा स्पेनले दोस्रो हाफमा दुई गोल फर्कायो ।

फर्मिनले ६६ औं मिनेटमा स्पेनका लागि बराबरी गोल गरे । त्यसपछि पर्मिनकै पासमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका जुवानलु सान्चेजले ८५औं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाए ।

त्यही गोल निर्णायक बन्दा स्पेन २–१ ले विजयी भयो । अर्को सेमिफाइनलमा आयोजक फ्रान्सले पनि एक गोलले पछि परेको स्थिति उल्टाउँदै इजिप्टलाई अतिरिक्त समयमा ३–१ हरायो ।

निर्धारित समयमको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । खेलमा इजिप्टले पहिले अग्रता लिए पनि कायम राख्न सकेन । ६२ औं मिनेटमा महमउद साबेरले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए ।

तर, ८३ औं मिनेटमा जिन फिलिप माटेटाले माइकल ओलिसको पासमा फ्रान्सका लागि बराबरी गोल गरे । निर्धारित ९० मिनेट बराबरी भएपछि खेलमा ३० मिनेटमा अतिरिक्त समयमा थप गरियो ।

अतिरिक्त समयमको दोस्रो मिनेटमै इजिप्टका ओमार फायद रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि इजिप्ट दश खेलाडीमा समेटियो । त्यसको फाइदा फ्रान्सले उठायो ।

फ्रान्सका लागि माटेटाले ९९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै २–१ को अग्रता दिलाए । माइकल ओलिसले १०८ औं मिनेटमा फ्रान्सका लागि तेस्रो गोल गरे । पुरुष फुटबलको स्वर्णका लागि अगष्ट ९ मा फाइनल खेल हुनेछ ।

सम्बन्धित खबर