२०८१ पौष १७, बुधवार , ०८:०३:४६ बजे

Sajhamanch
'

कोशी प्रदेशका मुख्यमन्त्री सताक्षीधाममा जल चढाउँदै

सोमवार, साउन २१, २०८१

झापा । आज साउन महिनाको तेस्रो सोमबार । बिहानैदेखि झापालगायत देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ ।

पूर्वको प्रशिद्ध तीर्थस्थल सताक्षीधाममा बिहानैदेखि जल चढाउन भीड लागेको छ । आज भक्तजनहरुका बीचमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेशसभा सदस्य राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की लगायतले शिवलिङ्गमा जल चढाएर पूजा आराधाना गरेका छन् ।

साउन महिना भगवान शिवको महिना र सोमबार भगवान शिवजीको प्रिय बार भएकाले ब्रत बस्ने परम्परा छ । यस दिन विशेष रूपमा आशुतोष भगवान्द शिवको पूजा आराधना गरिन्छ ।

आज बिहानैदेखि झापाको सताक्षीधाम, अर्जुनधारा जलेश्वरधाम, कनकाईको माईधाम, चिल्लागढधाम लगायत देशभरका शिवालयमा पूजाअर्चना गर्न भक्तजनहरूको घुइँचो लागेको छ ।

यस दिन विशेषरुपमा आशुतोष भगवान शिवको पूजा, आराधना गरिन्छ । यस दिन विशेषरुपमा आशुतोष भगवान शिवको पूजा, आराधना गरिन्छ । नेपालमा सौरमास अनुसारका सोमबार नै ब्रत गर्ने परम्परा छ । पशुपतिनाथ मन्दिरमा भने चन्द्रमास र सौरमास दुवै अनुसारका साउनको सोमबारका दिनमा भक्तजनको भीड लाग्छ ।

आजको दिनमा महिलाहरूले विशेष गरी हरियो रङका बस्त्र, चुरा र मेहन्दी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहँदै आएको छ । उक्त कार्य गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

महादेवकाका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ । यस दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ ।

सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ । त्यस्तै ज्ञान प्राप्ति हुन्छ । अविवाहित स्त्रीले असल पति पाउँ भन्ने आशाका साथ पनि सोमबार ब्रत बस्ने चलन बढ्दै गएको छ ।

सम्बन्धित खबर