झापा । बिर्तामोडका मिटरव्याजी मधुकर बस्नेत पक्राउ परेका छन् । अनुचित लेनदेनसम्बन्धी कसुरमा मुद्दा परेपछि उनी फरार रहेका थिए ।
स्थानीय कृष्णप्रसाद सिवाकोटीले जाहेरी दिएपछि ललितपुर महालक्ष्मी नगरपालिका ६ घर भई हाल बिर्तामोड ५ मा डेरा गरि बस्ने ३४ वर्षीय बस्नेत फरार थिए ।
उनलाई सुनसरीको इटहरी क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय इटहरीसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको डीएसपी कृष्णकुमार चन्दले बताए । उनलाई जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको डीएसपी चन्दले जानकारी दिए ।