२०८१ पौष १०, बुधवार , ०३:०५:०१ बजे

Sajhamanch
'

साढे ८ किलो गाँजासहित महिला पक्राउ

आइतवार, साउन २०, २०८१

झापा । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५ वर्षीया प्रियङ्का श्रेष्ठ रहेकी छन् ।

आइतबार बिहान प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका-१ आधाभार जङ्गलमा पिठ्यूँमा कालो झोला बोकी सडक छेउमा श्रेष्ठलाई उभिरहेको अवस्थामा फेला पारेको थियो । शङ्कास्पद लागी उनले बोकेको झोला चेक जाँच गर्दा लुकाएर राखेको गाँजा फेला परेको प्रहरीको भनाई छ ।

श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

आइतवार, साउन २०, २०८१ | अपराध, समाज

सम्बन्धित खबर