२०८१ कार्तिक १०, शनिवार , ०७:२३:३४ बजे

Sajhamanch
'

मीन बस्नेत बने भूटानको शीर्ष लिगमा पहिलो नेपाली गोलकिपिङ कोच

आइतवार, साउन २०, २०८१

मेचीनगर । नेपाली फुटबलमा आफूलाई परिचित बनाइसकेका अनुभवी प्रशिक्षक मीन बस्नेतले पनि भूटानको शीर्ष फुटबल भूटान प्रिमियर लिगमा नयाँ भूमिका पाएका छन् ।

हाल भूटानको शीर्ष लिग खेलिरहेको फुङ्सोलिङ हिरोज फुटबल क्लबले बस्नेतलाई आफ्नो गोलकिपिङ प्रशिक्षकका रुपमा नियुक्त गरेको हो । यो अनुबन्धसँगै बस्नेत भूटान प्रिमियर लिगमा गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी पाउने पहिलो नेपाली प्रशिक्षक समेत बनेका छन् ।

स्मरण रहोस, फुङ्सोलिङ हिरोजको मुख्य प्रशिक्षकमा नेपालकै अनुभवी तथा युवा प्रशिक्षक सुमन श्रेष्ठ रहेका छन् । फुङ्सोलिङ हिरोजले नेपाली फुटबलमा अहिले चल्तीका खेलाडीमध्ये एक आशिष चापागाईंलाई पनि अनुबन्ध गरेको छ ।

बस्नेतले यसअघि हिमालयन शेर्पामा रहेर ‘ए’ डिभिजन लिग तथा धनगढी एफसीमा आबद्ध भएर नेपाल सुपर लिगमा पनि कोलकिपिङ प्रशिक्षकको जिम्मेवारी कुशलताका साथ निर्वाह गरिसकेका छन् ।

सम्बन्धित खबर