२०८१ पौष २८, आइतवार , ०७:२६:५२ बजे

Sajhamanch
'

झापामा १०८ जनाले त्यागे ने‌पाली नागरि‌कता

आइतवार, साउन २०, २०८१

झापा । झापामा यस आर्थिक वर्षमा १०८ जना नागरि‌कले‌ ने‌पाली नागरि‌कता त्यागे‌र‌ गैर आवासीय नागरि‌कता लिएको‌ पाइएको‌ छ । नेपालीहरूले अन्यत्रको‌ पिआर‌ लिइसके‌पछि ने‌पाली नागरि‌कता त्याग्नु पर्ने नियम र‌हे‌को‌ र‌ यस आर्थिक वर्षमा मात्रै‌ १०८ जना नेपालीहरूले ने‌पाली नागरि‌कता परि‌त्याग गरेको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी समे‌त रहेका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज ने‌पालले‌ बताए ।

यता, यस आर्थिक वर्षमा १८ हजार‌ २२ जनाले‌ वंशजका आधार‌मा र‌ ६९२ जनाले‌ वैवाहिक अङ्गीकृतका आधार‌मा गरी जम्मा १८ हजार‌ ७१४ जनाले‌ नागरि‌कता लिएको‌ झापाका सहायक प्रजिअ ने‌पालले‌ बताए।

यता, यस आर्थिक वर्षमा प्रतिलिपि नागरि‌कता निकाल्ने‌को‌ सङ्ख्या झन्डै नयाँ नागरि‌कता बनाउने‌कै‌ हाराहारीमा र‌हे‌को‌ पाइएको‌ छ । झापामा गत आवमा मात्रै‌ १४ हजार‌ ८४३ जनाले‌ नागरि‌कताको‌ प्रतिलिपि निकाले‌का छन् ।

राष्ट्रिय परि‌चयपत्र लगायताका लागि समे‌त कतिपय पुराना भएका नागरिकताहरू तथा हराएका नागरिकताहरू पुनः आवश्यक प्रक्रिया पूरा गरेर निकाल्नेहरूको सङ्ख्या बढे‌का कार‌ण पनि यो‌ सङ्ख्या बढे‌को‌ जिल्ला प्रशासन कार्यालय झापाले‌ जनाएको‌ छ ।

यसै‌गरी झापामा यस आर्थिक वर्षमा मात्रै‌ १ लाख ३५ हजार‌ ३२१ जनालाई सर‌कार‌ले‌ जारी गरेको राष्ट्रिय परि‌चयपत्र वितर‌ण गरेको छ भने‌ यस अवधिमा ५१ हजार‌ ३२४ जनाको‌ परि‌चयपत्रका लागि आवे‌दन संकलन गरि‌एको‌ जिल्ला प्रशासन कार्यालय झापाले‌ जनाएको‌ छ । राष्ट्रिय परि‌चयपत्रका लागि अहिले‌ झापाका १५ वटै‌ स्थानीय तहमा अभियान समे‌त सञ्चालनमा र‌हे‌को‌ जिल्ला प्रशासनले‌ जनाएको‌ छ ।

सम्बन्धित खबर