२०८१ माघ १२, शनिवार , ०८:२७:०३ बजे

Sajhamanch
'

भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द

आइतवार, साउन २०, २०८१

काठमाण्डौ । नेपालमा चर्चित रहेका केही भारतीय टेलिभिजन च्यानलले नेपालमा आफ्नो प्रसारण रोकेका छन् । दुई वर्षदेखि च्यानल प्रयोगवापतको भुक्तानी नपाएको भन्दै भारतीय टेलिभिजन नेटवर्कले आफ्ना च्यानलको प्रसारण बिहीवारदेखि रोकेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कअन्तर्गतका च्यानलको प्रसारण रोकिएको हो ।

सरकारले विदेशी मुद्राको सिफारिस नदिएका कारण ति च्यानलको भुक्तानी नभएको सेवाप्रदायकले बताएका छन् । सरकारले २०७९ सालको चैत १५ गतेदेखि विदेशी टेलिभिजन च्यानलको विदेशी मुद्रा सिफारिस गरेको छैन । कानुनअनुसार आए विदेशी मुद्रा सिफारिस दिन कुनै समस्या नरहेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार  ठाकुरले बताए ।सरकारले २०८० सालको साउन १ गतेदेखी आलाकार्टा अर्थात् ग्राहकले हेर्न चाहेको च्यानलको मात्र पैसा तिर्ने मूल्य प्रणाली लागू गरेपछि भारतीय च्यानलले विरोध गर्दै आएका छन् । प्रत्येक च्यानलको छुट्टाछुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने उनीहरुको भनाइ छ । मन्त्रालयका अनुसार अहिले सबै विदेशी च्यानल प्रदायकको झन्डै एक अर्ब विदेशी मुद्रा सिफारिस हुनसकेको छैन ।

सम्बन्धित खबर