२०८१ पौष २८, आइतवार , ०९:५४:०७ बजे

Sajhamanch
'

झापासहित तराई क्षेत्रमा हावाहुरीको सम्भावना

शुक्रवार, साउन १८, २०८१

झापा । झापासहित कोशी प्रदेशका तराई क्षेत्रमा आज पनि वर्षासँगै हावाहुरी चल्ने अनुमान गरिएको छ । हिजो रातिदेखि नै झापा र आसपास क्षेत्रमा २४ किलोमिटर प्रतिघण्टादेखि ६२ किलोमिटर प्रतिघण्टाको वेगमा हावा चलिरहेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

शुक्रवार, साउन १८, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर