झापा । नेकपा एमाले निकट पर्यटन ब्यवसायीहरुको संगठनले यही साउन १९ गते झापा जिल्लास्तरीय प्रथम भेला आयोजना गर्ने भएको छ ।
नेपाल राष्ट्रिय पर्यटन ब्यवसायी संगठनका नामले सञ्चालित सो संगठनमा होटल, रेष्टुराँ, होमस्टे, पर्यटकीय क्षेत्र सञ्चालन, ट्राभल एजेन्सी एवम् धार्मिक पर्यापर्यटन क्षेत्रका व्यक्तिहरु सम्लग्न रहने गरेका छन् ।
नेकपा एमाले झापाको जिल्ला कार्यालय सभाहलमा आयोजना गरिने जिल्लास्तरीय प्रथम भेलाको उद्घाटन कोशी प्रदेश सरकारका उर्जा, खानेपानी तथा सिंचाई मन्त्री एकराज कार्कीले गर्ने उद्योग व्यवसायी महासंघ झापाका अध्यक्ष पर्वत कार्कीले जानकारी दिए ।
पर्यटन व्यवसायीयसमेत रहेका मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्कीको संयोजकत्वमा गठित जिल्ला तदर्थ समितिले जिल्लास्तरीय प्रथम भेलामा सहभागिताका लागि सबै पालिकाबाट १०–१० जना प्रतिनिधि पठाईदिन पत्राचार गरिसकेको जनाइएको छ ।
जिल्ला भेलाबाट आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गरिने छ ।