२०८१ पौष १३, शनिवार , ०१:२५:०० बजे

Sajhamanch
'

प्रभु बैंकको बिर्तामोड शाखाबाट पत्रकारकै १ करोड १९ लाख ‘गायव’

बिहिवार, साउन १७, २०८१

झापा । प्रभु बैंक बिर्तामोड शाखाले झापाका पत्रकार टिकाराम नेती नेपालको १ करोड भन्दाबढी रकम गायव गरेको छ ।

बिर्तामोड–५ स्थित मम फ्याक्ट्रीका संचालक समेत रहेका नेपालले पत्रकार सम्मेलन गर्दै प्रभु बैंक बिर्तामोड शाखाबाट आफ्नो १ करोड १९ लाख रुपैयाँ गायव गरिएको बताए।

अर्जुनधारा-६ निवासी पत्रकार नेपालले आफ्नी श्रीमती मन्जु नेपालको नाममा रहेको प्रभु बैंकको खातामा फरक फरक मितिमा १ करोड १९ लाख रुपैयाँ जम्मा गरेको बताए।

त्यसमध्ये करिब ६ महिना अघि १ करोड १० लाख ४३ हजार फिक्स्ड डिपोजिट गरेको र हाल फिक्स्ड डिपोजिटको म्याद सकिएपछि पैसा निकाल्न खोेज्दा बैकले खातामा २ लाख मात्र छ भनेपछि आफु अचम्ममा परेको बताए।

बैंकका मार्केटिङ म्यानेजर बताउने भद्रपुरस्थित चन्द्रगढी बस्ने प्रमोद सिटौलाले आफूले जम्मा गरेको रकम नियतबस हिनामिना गरि आफ्नो दुईवटै मोबाइल स्विच अफ गरेर सम्पर्कविहीन बनेको उनले बताए। उनले बैंकका कर्मचारी र बैंक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताए।

यस घटनाको सम्बन्धमा बैंकले केन्द्रीयस्तरमा छानबिन समिति बनाएको बैंकका बिर्तामोड शाखाका प्रवन्धक गणेशबहादुर बरालले जानकारी दिए।

सम्बन्धित खबर