२०८१ पौष १३, शनिवार , ११:००:३९ बजे

Sajhamanch
'

एक भारतीय र तीन झापाली ब्राउनसुगरसहित पक्राउ

बिहिवार, साउन १७, २०८१

बिर्तामोड । झापाको विभिन्न दुई स्थानमा लागऔषधसहित तीनजना झापाली र एकजना भारतीय युवालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो साँझ ५ बजे बिर्तामोडको बिर्तासिटी अस्पताल परिसरभित्र शंकास्पद अवस्थामा हिँडडुल गरिरहेका तीन युवालाई लागुऔषधसहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा बिर्तामोड ६ बस्ने २४ वर्षीय अनिश चौधरी, सोही ठाउँ बस्ने २५ वर्षीय सुरज राई र २३ वर्षीय धीरज राई रहेका छन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले खानतलासी लिँदा धीरज राईको साथबाट प्रयोग नभएको सिरिन्ज १ थान, प्रयोग भएको सिरिन्ज ३ थान, लेबलबिनाको एम्पुल १ थान भेटिएको थियो ।

त्यस्तै, सुरज राईको साथबाट प्लास्टिकसहित १ ग्राम ९३० मिलिग्राम ब्राउनसुगर, ४ वटा प्रयोग भएको र ५ वटा प्रयोग नभएको नाइट्राभेट कम्पनीको ट्याब्लेट १ पत्ता र अनिश चौधरीको साथबाट चाँदीजस्तो देखिने चम्चा १ थान भेटिएको थियो ।

तीनैजनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडमा राखुर थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसैबीच, झापा गाँउपालिका वडा नम्बर ४ टाघनडुब्बामा लागुऔषधसहित ब्राउनसुगर एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका भारतको किसनगञ्ज सतकुवा दिघलबैंक १ बस्ने ३६ वर्षीय सोमाई किस्कूलाई पक्राउ गरेको हो ।

उनले लुकाइछिपाई ल्याएको १६ ग्राम ८३० मिलिग्राम ब्राउनसुगर भेटिएको थियो । किस्कूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर