२०८१ माघ १३, आइतवार , ०८:२४:५४ बजे

Sajhamanch
'

इलाका प्रहरी कार्यालय काँकरभिट्टामा एक थुनुवाको मृत्यु

बुधवार, साउन १६, २०८१

बिर्तामोड । तीन दिनअघि लागुऔषधसहित पक्राउ परेका एक थुनुवाको इलाका प्रहरी कार्यालय काँकरभिट्टामा मृत्यु भएको छ ।

बिरामी भएर धुलाबारीको मेची आम्दा अस्पतालमा भर्ना गरिएका मेचीनगर-७ का २८ वर्षीय झकबहादुर खड्काको त्यहीँ मृत्यु भएको हो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

साउन १३ गते बिहान ९ः४५ बजे मेचीनगर नगरपालिका वडा नम्बर ६ पुरानो मेची पुलमा उनी ५ ग्राम ५७० मिलिग्राम ब्राउनसुगरसहित उनी पक्राउ परेका थिए ।

उक्त लागुऔषध मेचीनगर-७ बस्ने ३० वर्षीय खडगबहादुर दर्जीले भारतबाट खरिद गरी काँकरभिट्टासम्म पुर्याइदिनु भनी दिएको खुलेको थियो ।

मे.२ प ८५४१ नम्बरको मोटरसाइकलसहित दुवैलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासतमा राखिएको थियो । मृतक खड्काको परिवारले शव बुझ्न नमानेको बताइएको छ ।