२०८१ पौष २१, आइतवार , ०४:४३:३६ बजे

Sajhamanch
'

धरहरा सञ्चालन गरिहाल्नुपर्छ, पार्किङ कुनै पालिका विशेषको होइन : प्रधानमन्त्री

मङ्गलवार, साउन १५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा सञ्चालन गर्न निर्देशन दिएका छन् ।

मंगलबार सिंहदरबारमा मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै उनले धरहराको लिफ्ट खिया लाग्न थालेको भन्दै त्यसलाई प्रयोगमा ल्याउन विलम्ब गर्नु नहुने बताएका हुन् ।

‘धरहरा बनेको छ मान्छे त्यहाँ चढ्न चाहन्छन् तर पाएका छैनन् । त्यहाँ पार्किङ बनेको तयार भैसकेको छैन तर निःशुल्क पार्किङ भनेर ह्वारर।।।’, ओलीले भने, ‘पार्किङमा त पैसा तिर्नुपर्छ । गाडी चढेर हिंड्ने मान्छेले पार्किङको पैसा तिर्न सक्दैन भन्ने होइन ।’

उनले मै बनाउँछु मेरो धरहरा क्याम्पियन अन्तर्गत जनताको ३६ करोड रुपैयाँ धरहरामा लगानी भएकाले व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने बताए ।

‘त्यो लिफ्ट किन खिया लागेर बस्न दिने ? दुई–दुईवटा लिफ्ट छ त्यहाँ । जवानहरूलाई भर्याङ छ । बुढाबुढीलाई लिफ्ट छ । अनि किन सञ्चालन नगर्ने ? कुन मन्त्रालयले कसरी सञ्चालन गर्ने हो कार्यविधि बनाएर सञ्चालन गर्नुपर्छ’, प्रधानमन्त्रीले भने ।

उनले धरहरा क्षेत्रको पार्किङ कुनै पालिका विशेषको नभएको बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थलहरू लेउ पलाएर राख्न नहुने भन्दै भैरहवा र पोखरा एयरपोर्ट पनि सञ्चालनमा ल्याएर आम्दानीको स्रोत बनाउनुपर्नेमा जोड दिए ।

सम्बन्धित खबर