२०८१ कार्तिक ३०, शुक्रवार , ०७:४१:३५ बजे

Sajhamanch
'

आमा-छोराको कुटपिटबाट एक जनाको मृत्यु

मङ्गलवार, साउन १५, २०८१

जनकपुरधाम । धनुषामा आमा-छोराको कुटपिटबाट एक जनाको मृत्यु भएको छ।

धनुषाधाम नगरपालिका–२ मंगलपुर बस्ने ४५ वर्षीय भोगेन्द्र ठाकुरको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीय नागेश्वर मुखियाले घरमै गएर ठाकुर दम्पत्तीलाई सोमबार कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएका भोगेन्द्रको उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए। उनका अनुसार कुटपिटबाटै उनकी श्रीमती ३५ वर्षीया श्यामु ठाकुर घाइते छिन्।

‘दुबै परिवारबीच पुरानो रिसइबी रहेछन्। त्यसैकारण झगडा हुँदा कुटाकुट भयो। थप कुरा बुझ्ने काम हुँदैछ,’ डिएसपी अवाले भने।

कुटपिटमा संलग्न आमा–छोरालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

मङ्गलवार, साउन १५, २०८१ | अपराध, समाज

सम्बन्धित खबर