२०८१ पौष २५, बिहिवार , ०७:०८:४५ बजे

Sajhamanch
'

ऋणि सदस्यको मृत्यु पछि सञ्जिवनी साकोसले गर्यो कर्जा मिनाहा

सोमवार, साउन १४, २०८१

बिर्तामोड । यहाँस्थित सञ्जिवनी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना एक जना ऋणि शेयर सदस्यको आकस्मिक मृत्यु पछि उनको नाममा रहेको कर्जा रकममध्ये आंशिक मिनाहा गरेको छ ।

बिर्तामोड नगरपालिका वडा नं. ३ बिर्ताबजार (खुकुरीचोक) निवासी निर्मलादेवी चुडाल संग्रौलाको निधन पछि उनको नाममा रहेको कर्जा रकममध्ये एक लाख रुपैयाँ मिनाहा गरिएको हो ।

संस्थाले बनाएको सदस्य सुविधा एवम् कर्जा नीतिमा आधारित रहेर उक्त रकम मिनाहा गरिएको हो । निर्मलाको मृत्यु भएको पाँचौं दिन आज संस्थाको तर्फबाट सञ्चालक समितिसहित कर्मचारीहरु घरमा नै पुगेर श्रद्धाञ्जली सभा गर्दै सुध्याईं खर्च वापत १० हजार रुपैयाँ र कर्जा मिनाहाको पत्र हस्तान्तरण गरेका हुन् ।

समवेदना तथा श्रद्धाञ्जली सभाको सञ्चालन संस्थाका सचिव मेघराज बाँस्तोलाले गरेका थिए भने उपाध्यक्ष दिनेश सुवेदीले समवेदना पत्र र एक लाख रुपैयाँ कर्जा मिनाहाको पत्र एवम् सुध्याइँ खर्च हस्तान्तरण गरेका हुन् ।

२०३५ साल चैत ३ गते जन्मिएकी निर्मलाको यही साउन १० गते ४६ वर्षको उमेरमा क्यान्सरको उपचा कै सिलसिलामा बि एण्ड सी अस्पतालमा निधन भएको हो । स्वर्गीय निर्मला सञ्जिवनी साकोसका अध्यक्ष यामकुमार चुडाल तथा कोशी प्रदेश सभाका सदस्य छवि चुडालकी सहोदर दिदी हुन् ।

सम्बन्धित खबर