झापा । इलामको चुलाचुली गाउँपालिका २ र ४ बाट ३ वटा साइकलमा लोड गरिएको साल जातको चिरान काठ १८ थान बरामद भएको छ ।
आज बिहानको राति करिब २:३० बजेको समयमा प्रहरीको सहयोगमा सव डिभिजन वन कार्यालय चुलाचुलीले १६.७६ क्यु फि काठ बरामद गरेको हो । तस्करीमा संलग्न भने फरार रहेको बताइएको छ ।