२०८१ मंसिर ११, मङ्गलवार , १०:२०:४३ बजे

Sajhamanch
'

सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढ्यो

आइतवार, साउन १३, २०८१

काठमाडौं । आइतबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलाको १ लाख ४५ हजार ७०० रुपैयाँ तोकेको छ ।

यसअघि शुक्रबार १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि साउन २ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४९ हजार ८०० रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ आइतबार तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १७३० रुपैयाँ रहेको चाँदी आज १७४० रुपैयाँ कायम भएको छ ।

आइतवार, साउन १३, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर