२०८१ मंसिर ७, शुक्रवार , ०८:३३:५५ बजे

Sajhamanch
'

मोटरसाइकल दुर्घटनामा बालिकाको मृत्यु, बुबाआमा घाइते

आइतवार, साउन १३, २०८१

मोरङ । जिल्लाको मिक्लाजुङ गाउँपालिका रमिते डाँडा घुमेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेलबारी–१ की ११ वर्षीया सुस्मिना धिमाल रहेकी छन् । उनका बुबा ३७ वर्षीय सुनिलकुमार धिमाल र आमा ३५ वर्षीया चन्द्रमाया धिमाल घाइते भएका छन् ।

शनिबार दिउँसो सभा ३ बजेतिर मिक्लाजुङ गाउँपालिका–१ झण्डे डाँडाको घुमाउरो बाटोमा मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको थियो । मोटरसाइकलमा सवार तीनै जना शक्त घाइते भएका थिए ।

घाइतेलाई उपचारका लागि उर्लाबारीस्थित अरनिको हस्पिटल लगिएको थियो । उपचारकै क्रममा बालिकाको भने मृत्यु भएको प्रहरीले जनाएको छ ।

रमिते टाँडी भित्री सडक खण्डमा उनीहरू सवार बा २७ प १८३५ नम्बरको मोटरसाइकल ७० फिट तल झरेको थियो । बालिकाको शवलाई पोस्टमार्टमका लागि उर्लाबारी–३ मङ्गलवारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा राखिएको छ ।

सम्बन्धित खबर