२०८१ पौष ७, आइतवार , १०:२७:४० बजे

Sajhamanch
'

एनएमसी कर्पाेरेट कार्यालयको कोटेसन आह्वान सम्बन्धी सूचना 

आइतवार, साउन १३, २०८१
दोस्रोपटक प्रकाशित मितिः २०८१/४/१३
यस नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)लाई निम्न बमोजिमको २ थान सर्भर कम्प्युटर आवश्यक परेको हुँदा इच्छुक फर्म तथा कम्पनीहरुबाट यो दोस्रोपटकको कोटेसन आह्वान सम्बन्धी सूचना सार्वजनिक गरिएको छ ।
कोटेसन पेस गर्ने विषयहरुः
बुँदाहरुः
१. कोटेसनमा आफूले उपलब्ध गराउन सक्ने सामानको पूर्ण विवरण उल्लेख गर्नुपर्नेछ ।
२. कोटेसन संस्थाको कर्पाेरेट कार्यालय, काँकरभिट्टा वा संस्थाको आधिकारिक इमेल ठेगाना [email protected] मा इमेल पठाउनु पर्नेछ ।
३. कोटेसनमा ब्रान्ड, सामान उपलब्ध गराउन सक्ने अवधि, वारेन्टी, सपोर्ट, जडान, भुक्तानी शर्त तथा ढुवानी आदि विषय उल्लेख गरेको हुनुुपर्नेछ ।
४. कोटेसनका साथमा व्यवसाय दर्ता नवीकरण तथा गत आवको कर चुक्ता प्रमाण पत्र पेस गर्नु पर्नेछ ।
५. कोटेसनका साथमा उपलब्ध गराउने ब्राण्डको आधिकारिक बिक्रmेताको प्रमाण पत्रसमेत पेस गर्नु पर्नेछ ।
६. कोटेसन पेस गर्ने अन्तिम मिति २०८१साउन २२ गते मंगलबार कार्यालय समयसम्म ।
७. थप जानकारीका लागि सम्पर्क ९८५२६८९४१८/९८५२६८९४२२
८. कोटेसन स्वीकृत गर्ने अन्तिम अधिकार संस्थामा निहित रहने छ ।
कर्पाेरेट कार्यालय

सम्बन्धित खबर