झापा । झापा गाउँपालिका–१ का १० वर्षीय मोहमद दिलसाद मियाको खाली जमिनको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
उक्त वडाको सालमाराका चिकु मियाका छोरा मोहमद दिलसादको पानी भरिएको खाल्डोमा डुबेर ज्यान गएको हो ।
प्रहरीका अनुसार शनिबार बिहान ११ बजे खेल्न हिंडेका ती बालकको घरदेखि ५०० मिटर पूर्वको नजिर मियाको खाली जमिनको खाल्डोमा डुबेर मृत्यु भएको हो ।
स्थानीय लमिजो मियाले दिउँसो ३ बजे बालक डुबेको देखेपछि आफन्तलाई खबर गरेका थिए ।
शव घरमा ल्याइएको सूचना पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कुमरखोदको टोलीले थप अनुसन्धान गरिरहेको डीएसपी कृष्णकुमार चन्दले बताए ।