
गौरीगञ्ज । गौरीगञ्जमा पानी जमेको होलीमा माछा मार्दा डुबेर घाइते भएका चुन्दे मुर्मूको उपचारका क्रममा मृत्यु भएको छ ।
शिवसताक्षी–४ का ४० वर्षीय मुर्मू र ३५ वर्षीय अख्तर मियाँ शुक्रबार बिहान ११ बजेदेखि गौरीगञ्ज–१ स्थित टुनुबस्ती नजिकैको पानी जमेको होलीमा माछा मार्न पसेका थिए ।
माछा मारिरहेका बेला पौने ४ बजे पानीमा डुबेर घाइते भएका मुर्मूलाई उपचारका लागि नगर अस्पताल शिवगञ्जमा भर्ना गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याइएका उनको उपचारकै क्रममा साँझ ५ बजे मृत्यु भएको हो ।