२०८१ कार्तिक २, शुक्रवार , ०५:१८:३८ बजे

Sajhamanch
'

चक्कु देखाएर पठाओ चालकलाई लुटपाट गर्ने २ जना पक्राउ

शुक्रवार, साउन ११, २०८१

काठमाडौं । साँखुबाट पठाओ चालकको मोटरसाइकल, मोबाइल र नगद लुटपाट गर्ने २ जना पक्राउ परेका छन् ।

प्रहरी प्रभाग साँखुले पठाओ चालक भक्तबहादुर खड्कालाई लुटपाट गर्ने वर्ष २३ का राहुल तामाङ र वर्ष २१ का मनिष कोइरालालाई पक्राउ गरेको हो ।

उनीहरुले यही साउन ९ गते बिहान ६ बजे काठमाडौंको शंखरापुर नगरपालिका–८ नाउपाखा सामुदायिक वनमा मोरङ लेटाङ नगरपालिका–९ का खड्कालाई लुटपाट गरेका थिए ।

ललितपुर पाटन अस्पताल नजिकै बस्ने खड्काले पठाओ गरी यात्रु लिई शंखरापुर नगरपालिका नाउपाखा सामुदायिक वनमा पुगेपछि तामाङ र कोइरालाले चक्कु देखाई उक्त पठाओ चालकको बाप ०२–०४३ प ९१२५ नम्बरको मोटर साइकल, नगद रु.६ हजार र मोबाइल १ थान लुटपाट तथा चोरी गरी फरार भएका थिए ।

सोही दिन उनीहरूलाई नियन्त्रणमा लिई कानून बमोजिम थप कारबाहीका लागि तालुक कार्यालयमा पठाइएको साँखु प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरीक्षक नवीन चुदालीले जानकारी दिए ।

सुनसरीको धरान उपमहानगरपालिका–१५ घर भई हाल काठमाडौंको साँखु बस्ने तामाङ र उदयपुर नगरपालिका–५ घर भई हाल साँखु बस्दै आएका कोइराला पक्राउ परेका हुन् ।

सम्बन्धित खबर