२०८१ कार्तिक २, शुक्रवार , ०५:३१:५६ बजे

Sajhamanch
'

विमान चालक शाक्यको स्वास्थ्यमा सुधार

शुक्रवार, साउन ११, २०८१

काठमाडौं । काठमाडौं मेडिकल कलेजमा उपचाररत् सौर्य एयरलाइन्सका विमान चालक मनिषरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको छ ।

कलेजका निर्देशक प्रा.डा. मीना थापाले चालकको स्वास्थ्यमा सुधार आएको बताइन् । उनले ढाडको एउटा हड्डीका साथै, देव्रे पट्टीको तीनवटा करङ भाँचिएकाले पूर्णरुपमा आराममा राखिएको जानकारी दिइन् ।

“ढाडको हड्डी भाँचिएकाले हामीले पूर्णतया आराममा राखेका छौं” उनले भनिन्, “घर परिवारका बाहेकलाई भेट्न दिएका छैनौं ।”

यही साउन ९ गते काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९–एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको थियो ।

उक्त दुर्घटनामा विमान चालक शाक्य गम्भीर घाइते भएका थिए । उनको अनुहार, आँखा, नाक र टाउकोमा चोट लागेको थियो ।

सम्बन्धित खबर