२०८१ पौष २४, बुधवार , ११:४१:५२ बजे

Sajhamanch
'

सूचना र प्रविधिका पुराना सबै ऐन, कानून र नीति खारेज हुन्छ : सञ्चारमन्त्री

शुक्रवार, साउन ११, २०८१

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चार तथा प्रविधि क्षेत्रलाई गतिशील बनाउन पुराना ऐन, कानून र नीति खारेज गरिने बताएका छन् ।

शुक्रबार क्यान महासंघले गरेको बीटूबी समिट–२०२४ मा उनले प्रविधि क्षेत्रका सबै पुराना नीति खारेज गरेर नयाँ नीति एक वर्षभित्रै बनाउने बताएका हुन् ।

‘सञ्चार तथा प्रविधि क्षेत्रमा पञ्चायतदेखिकै ऐन कानून र नीतिले अहिलेसम्म शासन गरिरहेको छ । तर देशमा ठूल्ठूला परिवर्तनहरू भइसके पनि नीति र कानूनहरु परिवर्तन भएका छैनन्’, उनले भने, ‘त्यो ऐन कानून र नीति नयाँ बनाउनेतर्फ लाग्छु ।’

त्यस्तै, क्यान महासंघका अध्यक्ष रञ्जित पोद्दारले सरकारले ल्यापटप नोट प्याडमा लगाएको ५ प्रतिशतको अन्तःशुल्कबारे पुनर्विचार गर्नुपर्नेमा जोड दिए ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाली युवाहरुलाई विदेश जानबाट रोक्न सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर स्टार्टअप कोष बनाउनुपर्ने बताए ।

कार्यक्रममा क्यान महासंघका महासचिव चिरन्जीवी अधिकारीले सूचना प्रविधिको क्षेत्रमा नीतिगत सुधार गर्नुपर्नेमा जोड दिए ।

सम्बन्धित खबर