२०८१ भदौ २२, शनिवार , १०:०६:३६ बजे

Sajhamanch
'

सशस्त्र गुल्म काँकरभिट्टाका डीएसपीलाई स्वागत र विदाई

शुक्रवार, साउन ११, २०८१

मेचीनगर । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट सरुवा भएका र सरुवा भई आएका गुल्मप्रमुखहरुलाई विदाईसहित स्वागत गरिएको छ ।

गुल्मको सीमा सुरक्षा सहजीकरण समितिले शुक्रबार गरेको कार्यक्रममा सरुवा भएका सशस्त्र प्रहरी नायब उपरीक्षक राजनलाल श्रेष्ठलाई विदाई गरिएको हो ।

सो अवसरमा गुल्मको नेतृत्व सम्हाल्न आएका सशस्त्र प्रहरी नायब उपरीक्षक लोकनाथ उप्रेतीलाई स्वागत गरिएको छ ।

त्यसक्रममा सरुवा भएका डीएसपी श्रेष्ठले आफ्नो कार्यकाल अवधिमा सीमा क्षेत्रका सम्भावित आपराधिक घटना नियन्त्रण र शान्तिपूर्ण वातावरण कायम गर्न आवश्यक सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरे ।

त्यस्तै, सरुवा भई आएका गुल्मपति उप्रेतीले यसअघिका गुल्मप्रमुखहरुले गरेका असल अभ्यासलाई आफ्नो कार्यकालमा निरन्तरता दिने प्रतिवद्धता जनाए ।

“सीमा अपराध नियन्त्रण गर्न शून्य सहनशीलताको सिद्धान्त बमोजिम अघि बढ्छौं” उनले भने, “त्यसका लागि सरोकारवाला सबै पक्षसँग आवश्यक समन्वय र सहकार्य गर्छौं ।”

कार्यक्रममा समितिका अध्यक्ष एवं मेचीनगर–६ का वडाअध्यक्ष ललित तामाङ, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी मिमबहादुर लामा, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल, मेची उद्योग वाणिज्य संघका सदस्य सन्तोष खवास, विश्वनाथ शिवालय मन्दिरका पुजारी विष्णु तिम्सिना लगायतको उपस्थिति थियो ।

पोखरास्थित सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिकाबाट गुल्मको कमाण्ड सम्हाल्न ६ महिनाअघि आएका डीएसपी श्रेष्ठको सोही गणमा सरुवा भएको छ ।

त्यसैगरी, डीएसपी उप्रेती सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गण झापाबाट सरुवा भई गुल्मको कमाण्ड गर्न आएका हुन् ।

१ करोड ६२ लाख रुपैयाँ राजस्व संकलन

डीएसपी श्रेष्ठ नेतृत्वको गुल्मले ६ महिने अवधिमा १ करोड ६२ लाख रुपैयाँ मूल्य बराबरका अवैध सामान बरामद गरेको छ ।

सो अवधिमा गुल्मको टोलीले एकैपटक २० लाख रुपैयाँ मूल्य बराबरका ३३ वटा अवैध मोवाइल (आइफोन), एकैपटक ३८ लाख रुपैयाँ मूल्य बराबरका ५१ पोका अवैध लत्ताकपडा पक्राउ गरेको थियो ।

भन्सार छलेर भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका उक्त मूल्य बराबरका सामान गुल्म मातहत क्षेत्रबाट बरामद गरी मेची भन्सार कार्यालय दाखिला गरिएको गुल्मले जनाएको छ ।

खुला सीमाको फाइदा उठाउँदै नेपाल ल्याइएका अवैधरक्सी, मोवाइल फोन, लत्ताकपडा, किराना सामग्री, मोटरपार्टस लगायत नियन्त्रणमा लिई आवश्यक कार्बाहीका लागि गुल्मले भन्सार बुझाएको छ ।

सम्बन्धित खबर