२०८१ कार्तिक १, बिहिवार , ११:२६:४९ बजे

Sajhamanch
'

प्रतितोला ३०० रुपैयाँले घट्यो सुनको मूल्य

शुक्रवार, साउन ११, २०८१

काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ लाख ४५ हजारमा कारोबार भएको थियो ।

साउन २ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँ पुगेको थियो । त्यसयता सुनको भाउ तोलामा ५ हजार १०० रुपैयाँ घटिसकेको छ ।

त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १७५० रुपैयाँमा कारोबार भएको चाँदी आज १७३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

शुक्रवार, साउन ११, २०८१ | अर्थतन्त्र, समाज