२०८१ भदौ २३, आइतवार , ०१:०५:४३ बजे

Sajhamanch
'

एक हजार दरका १३ थान नक्कली नोटसहित दुई जना पक्राउ

शुक्रवार, साउन ११, २०८१

काठमाडौँ । प्रहरीले रौतहट जिल्लाको बालचनपुरबाट नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको गोडैता नगरपालिका–८ निवासी ३२ वर्षीय नजरे आलम र सोही स्थानका इमामुल हक दर्जी छन् ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले एक हजार दरका १३ थान नक्कली नोटसहित दुई जनालाई बिहीबार राति पक्राउ परेको हो ।

प्रहरीका अनुसार बागमती प्रदेश ०२–०२१ प ६३६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई स्थानीय एक पेट्रोलपम्पबाट नियन्त्रणमा लिइएको हो । मोटरसाइकलमा पेट्रोल हालिरहेको अवस्थामा फेला परेका उनीहरूको मोटरसाइकल चेकजाँच गर्दा सिटकभर मुनि लुकाइराखेको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीको भनाइ छ ।

मोटरसाइकलसहित दुवैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटकी सूचना अधिकारी एलिजा गिरीले जानकारी दिइन् ।

शुक्रवार, साउन ११, २०८१ | अपराध, समाज

सम्बन्धित खबर