२०८१ कार्तिक २, शुक्रवार , ०५:०८:४१ बजे

Sajhamanch
'

काँकडभिट्टाबाट ४०० केजी सुपारी बरामद

शुक्रवार, साउन ११, २०८१

झापा । भन्सार छलेर अवैध रुपमा नेपालबाट भारततर्फ लाँदै गरेको ४०० केजी सुपारी प्रहरीले बरामद गरेको छ । गएराति ९ बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ मा नेपालबाट भारततर्फ लाँदै गरेको अन्दाजी २ लाख ८० हजार रुपैयाँ बराबरको सुपारी नियन्त्रणमा लिएको थियो ।

त्यस्तै राति ९ः३० बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ भन्सार गेटमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी ४० हजार मूल्य बराबरको चिनी, चकलेट, बिस्कुटलगायतका किराना सामान बरामद गरेको छ ।सुपारी र किराना सामान आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शुक्रवार, साउन ११, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर