२०८१ भदौ २३, आइतवार , १२:२६:५२ बजे

Sajhamanch
'

दमक नगरपालिकाकी पूर्व उपप्रमुख अधिकारी राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त

बिहिवार, साउन १०, २०८१

झापा । नेकपा एमालेकी केन्द्रीय सदस्य एवं दमक नगरपालिकाकी पूर्व उपप्रमुख गीता अधिकारी राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी छन् ।

आज बसेको मन्त्रीपरिषद् बैठकले उपाध्यक्ष शिवराज अधिकारीसँगै गीतालाई सदस्यमा नियुक्त गरेको हो । अधिकारी २०७४–२०७९ मा दमक नगरपालिकाको उपप्रमुख थिइन् ।

२०७९ मा भएको स्थानीय तहको निर्वाचनमा नगरप्रमुख पदकी उम्मेद्वार अधिकारी झिनो मतले तत्कालीन गठबन्धनसँग पराजित भएकी थिइन् । अर्थशास्त्र विषयमा एम.फिल.गरेकी उनले करिब २७ वर्ष दमक बहुमुखी क्याम्पसमा प्राध्यापन गरेकी थिइन् ।

बैठकबाट योजना आयोगको सदस्यहरुमा आरपी विच्छा, रमेश सिंह, प्रकाश श्रेष्ठ, जयबहादुर टण्डन र गंगादत्त अवस्थी नियुक्त भएका छन् ।

सम्बन्धित खबर