२०८१ भदौ २३, आइतवार , ०३:१६:१० बजे

Sajhamanch
'

भारत र चीनमा राजदूत नियुक्ति गर्ने तयारीमा मन्त्रिपरिषद्

बिहिवार, साउन १०, २०८१

काठमाडौं । सरकारले दुई छिमेकी मुलुक भारत र चीनका लागि राजदूत नियुक्तिका लागि सिफारिस गर्ने भएको छ ।

बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्ने तयारी गरेको हो । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीचको सहमतिअनुसार मन्त्रिपरिषद् बैठकले दुई देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको हो ।

आजको मन्त्रिपरिषद् बैठकले चीन र भारतमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना रहेको नेकपा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

सम्बन्धित खबर