२०८१ पौष २५, बिहिवार , ०३:३४:१८ बजे

Sajhamanch
'

जहाज दुर्घटनामा ज्यान गुमाएकाका परिवार भेटेपछि स्वास्थ्यमन्त्रीले भने, ‘यसबारे गम्भीर अनुसन्धान हुन्छ’

बिहिवार, साउन १०, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताएका छन् ।

आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न पुगेका मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

बिहीबार बेलुकासम्ममा सबै शवको पहिचान गरिसक्ने र शुक्रबार बेलुकासम्म आफन्तलाई जिम्मा लगाउने गरी काम भइरहेको उनले बताए । मन्त्री पौडेलले पहिचान हुन नसकेको शवहरूको भने डिएनए गर्नुपर्ने भएकाले केही समय लाग्न सक्ने बताए ।

उनले सरकारले भएका कमजोरी र लापरबाही पत्ता लगाएर कारबाही, सुधार र नियमन गर्ने बताए ।

मन्त्री पौडेलले पुराना र बिग्रिएका जहाज प्रयोग गर्न र मापदण्ड पूरा नभएका विमान उडान गर्न रोक लगाउँदै विमानस्थलभित्र जहाज उडानका लागि मैत्रीपूर्ण वातावरण बनाउनुपर्ने बताए ।

उनले सरकारले ४५ दिनको समय दिएर छानबिन गर्न आयोग गठन गरेको र आयोगले विस्तृतमा समस्या र दुर्घटनाको कारण पत्ता लगाउने गरी काम गर्ने पनि बताए । विमानको ब्ल्याक बक्स सुरक्षित रहेकाले वास्तविकता चाँडै पत्ता लाग्ने पनि उनले बताए ।

उनले दुर्घटनाको कारण गहिराइमै पुगेर खोजिनुपर्ने बताए ।

सम्बन्धित खबर