२०८१ माघ १०, बिहिवार , ११:३०:५२ बजे

Sajhamanch
'

१५ कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु

बिहिवार, साउन १०, २०८१

काठमाडौं । १५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको छ ।

विभिन्न सार्वजनिक निकायले कालो सूचीमा राख्न सिफारिस गरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रक्रिया अघि बढाएको हो । पहिलोपटक ३० दिने सूचना जारी गर्दा स्पष्टीकरण नदिएपछि ती कम्पनीहरूलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ कम्पनीलाई अब ७ दिनभित्र स्पष्टीकरण पेस गर्न अल्टिमेटम दिएको छ । यो अवधिमा लिखित स्पष्टीकरण नदिए कम्पनीहरू कालो सूचीमा पर्नेछन् ।

सम्बन्धित खबर