२०८१ कार्तिक १, बिहिवार , १०:४९:५० बजे

Sajhamanch
'

सुनको भाउ एकैदिन २४०० ले घट्यो

बिहिवार, साउन १०, २०८१

काठमाडौं । सुनको मूल्य आज एकै दिन प्रतितोला २४ सय रुपैयाँले घटेको छ ।

सुनको मूल्य हिजोको तुलनामा आज एकैदिन २४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको कारोबार मूल्य प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँ थियो ।

जुन, आज १ लाख ४५ हजार रुपैयाँ कायम हुँदै कारोबारमा आएको हो । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४३ हजार ३०० रुपैयाँ कायम छ । सुनको मूल्य घटेको दिन चाँदीको मूल्यमा समेत ठूलो गिरावट आएको छ ।

हिजो तोलामा १८ सय ५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य आज १७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यो प्रतितोला ५५ रुपैयाँको गिरावट हो ।