२०८२ जेठ १, बुधवार , ०८:११:४८ बजे

Sajhamanch
'

चार दिनमा १६८ डेंगुका बिरामी थपिए

बिहिवार, साउन १०, २०८१

काठमाडौं । देशभरमा १६८ जना डेंगुको नयाँ बिरामी थपिएको छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार चार दिन (जुलाई १८ देखि २२) को अवधिमा १६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै देशभर १ हजार ८२५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जुलाई १८ मा १ हजार ६५७ जना डेंगु बिरामी थिए ।

हालसम्म देशभर ७७ मध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । जुम्ला, हुम्ला, डोल्पा र मुस्ताङ गरी चार जिल्लामा डेंगु सङ्क्रमणबाट सुरक्षित रहेको ईडीसीडीले जनाएको छ ।