२०८१ मंसिर १८, मङ्गलवार , ०१:०५:३७ बजे

Sajhamanch
'

शेयर बजार घट्यो, कारोबार रकम बढ्यो

बुधवार, साउन ९, २०८१

काठमाडौं । साउन लागेपछि लगातार बढेको शेयर बजार आज भने घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ३२ अंकले घटेर २ हजार ५३६ दशमलव ११ विन्दुमा झरेको छ । आज फाइनान्स र होटल बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार, उत्पादन, माइक्रोफाइनान्स, जलविद्युत समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।

आज चिख्र्वा हाइड्रोपावर कम्पनीको शेयर ७ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन बोटलर्स नेपाल (तराई) र एशियन हाइड्रोपावर कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ ।

यस्तै, तीन वटा कम्पनीका शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । आज शेयर बजार घटे पनि कारोबार रकम भने तीन वर्षयताकै उच्च भएको छ । आज ३११ वटा कम्पनीका ४ करोड ७ लाख कित्ता शेयर १६ अर्ब २० करोड रुपैयाँमा कारोबार भएको छ ।

यसअघि २०७८ साल भदौ ३ गते २० अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

सम्बन्धित खबर