२०८१ पौष २५, बिहिवार , ०४:४०:३९ बजे

Sajhamanch
'

सडक मर्मत र संरक्षण प्रभावकारी बनाउन मन्त्री दाहालको निर्देशन

बुधवार, साउन ९, २०८१

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक मर्मत र संरक्षणलाई चुस्त बनाउन निर्देशन दिएका छन् ।

मन्त्रालय अन्तर्गतका विभिन्न निकाय तथा कार्यालयहरुको अनुगमनका क्रममा सडक बोर्ड पुगेका उनले वर्षायाममा यात्रु अलपत्र नहुने गरी सुरक्षित रुपमा सडक मर्मत र सुरक्षामा परिचालित हुन निर्देशन दिएका हुन् ।

अधिकांश नेपाली यात्रु सडक मार्गमा नै निर्भर रहेकाले यसलाई अवरुद्ध हुन नदिने गरी सबै कार्यालय र जनशक्ति परिचालित गर्न मन्त्री दाहालले निर्देशन दिए ।

सडक निर्माणसँगै मर्मत र संरक्षण पनि जरुरी रहेको भन्दै उनले मुख्य राजमार्ग, सहायक राजमार्ग तथा ग्रामीण सडकहरुको नियमित मर्मतलाई प्रभावकारी बनाई यातायातलाई सरल र सहज बनाउन समेत मन्त्री दाहालले बोर्डलाई निर्देशन दिए ।

त्यसक्रममा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले बोर्डलाई प्रभावकारी बनाउने केही नीतिगत सुधारको कदम अघि बढि सकेको मन्त्री दाहाललाई जानकारी गराए ।

बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले बोर्डलाई प्राप्त हुने विभिन्न स्रोतको रकम सोझै बोर्डमा प्राप्त हुने कानूनी व्यवस्था रहेकाले त्यसलाई कार्यान्वयन गरीदिन मन्त्रीसमक्ष माग गरेका छन् ।

सम्बन्धित खबर