२०८१ भदौ २२, शनिवार , ११:२८:४९ बजे

Sajhamanch
'

वर्षासहित ‘मोदीबेनी’का कलाकारलाई पशुपतिमा पञ्चैबाजाले स्वागत

बुधवार, साउन ९, २०८१

काठमाडौं । साउन १८ गते रिलिज हुने फिल्म ‘मोदीबेनी’का कलाकार पशुपतिनाथको वनकालीमा आयोजित कोटीहोम महायज्ञमा सहभागी भएका छन् । कलाकारहरु वर्षा सिवाकोटी, अमरप्रताप श्रेष्ठ, कमलमणि नेपाल लगायत पूजामा सहभागी भए ।आयोजकले ‘मोदीबेनी’ टिमलाई पञ्चेबाजासहित महायज्ञ आयोजनास्थल पुर्‍याएको थियो । सो अवसरमा वर्षाले भक्तिभावले जीवन सुन्दर हुने भन्दै रिलिजको सम्मुखमा आशीर्वाद लिन महायज्ञमा सहभागी भएको बताइन् ।उनले सो महायज्ञकी कथावाचिका राधिका दासको जीवन संघर्ष र जीवन दर्शनको विचारबाट आफू प्रभावित भएको बताइन् ।कमलमणिले आफूले अभिनय गरेको फिल्मलाई आशीर्वाद लिन आफू आएको बताए ।

शंकर कोइराला निर्देशित यो फिल्ममा सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई लगायतको पनि अभिनय छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्ममा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सहनिर्माता हुन् ।

सम्बन्धित खबर