२०८१ पौष ९, मङ्गलवार , ०१:५८:३७ बजे

Sajhamanch
'

सुसेलीको साहित्यिक कार्यक्रम : विजयको स्मृति ग्रन्थ लोर्कापण, लामा पुरस्कृत

मङ्गलवार, साउन ८, २०८१

मेचीनगर । स्व. विजय खरेलको स्मृति ग्रन्थ मंगलबार लोर्कापण गरिएको छ ।

सुसेली साहित्यिक परिवारले काँकरभिट्टामा आयोजना गरेको कार्यक्रममा स्मृति ग्रन्थ लोकार्पण गरिएको हो । भाषाविद् प्राध्यापक डा.जिवेन्द्रदेव गिरीले ५ सय पृष्ठको ११३ जना सर्जकद्वारा लिखित ग्रन्थको लोर्कापण गरेका हुन् ।

सो अवसरमा खरेलको स्मृति ग्रन्थबारे उनका भाई डा. दशरथ खरेल र साहित्यकार भुवन सुब्बा (खरेल) ले चर्चा गरेका थिए । त्यसक्रममा चर्चाकारद्वयले सो पुस्तकलाई ४ भागमा छुट्याएर प्रकाशन गरिएको बताए ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, पत्रकार चन्द्र भण्डारी, कृष्णराज घतानी, भूमिका राई लगायतले खरेलको साहित्यिक योगदानबारे चर्चा गरेका थिए ।

सो अवसरमा बहुप्रतिभाशाली व्यक्तित्व केसाङ लामालाई सुसेली प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिएको थियो । साहित्य र कला क्षेत्रमा योगदान पुर्याएबापत उनलाई ११ हजार रुपैयाँ पुरस्कारराशीसहित सम्मान पत्र प्रदान गरियो ।

उक्त कार्यक्रममा स्व. विजयकी छोरी जयन्ती खरेलले बुबाका नाममा अक्षयकोष स्थापना गर्न संस्थाका अध्यक्ष पुण्यप्रसाद खरेललाई रु. १ लाख राशीको चेक हस्तान्तरण गरेकी थिइन् ।

स्व.बुबाको नाममा प्रतिष्ठान गठन गरिने समेत उनले कार्यक्रममार्फत जानकारी गराइन् ।

सुसेलीका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा शाब्दिक स्वागत सुभद्रा भट्टराई (अर्याल) र सञ्चालन संस्थाका सचिव कनक कार्कीले गरेका थिए ।

सम्बन्धित खबर